एसियन कप फुटबल : बहराइनले जोर्डनलाई हरायो

एएफसी एसियन कप फुटबलमा बहराइनले जोर्डनलाई हराएको छ । कतारमा हिजो भएको समूह ‘ई’ को खेलमा बहराइनले जोर्डनलाई १–० गोलले हराएको हो । बहराइन ६ अङ्कसहित समूहको शीर्ष स्थानमा छ ।

यस्तै, हिजो भएको  समूह ‘ई’ को अर्को खेलमा  दक्षिण कोरिया र मलेसियाले ३–३ गोलको बराबरी खेलेका छन् । यो खेलसँगै दक्षिण कोरिया ५ अङ्कसहित समूह उपविजेतामा सीमित रहँदै एसियन कपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

यस्तै, हिजै भएको समूह ‘एफ’ को खेलमा कीर्गिस्तान र ओमानले एक/एक गोलको बराबरी खेलेका छन्  । यही समूहको साउदी अरेबिया र थाइल्यान्डकाे खेल पनि बराबरीमा रोकिएको छ । साउदी अरेबिया र थाइल्यान्डले गोल रहित बराबरी खेलेका हुन् । याे समूहमा साउदी ७ अङ्कसहित पहिलो स्थानमा रहेको छ । यस्तै, थाइल्यान्ड ५ अङ्कसहित दोस्रो, ओमान २ अङ्कसहित तेस्रो र किर्गिस्तान १ अङ्ककासाथ  पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?