‘समुदायमा कांग्रेस’ अभियान आजदेखि

नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले माघ २६ गतेसम्म यो अभियान सञ्चालन गर्न लागेको हो । मुख्य अभियान आउँदो १६ गतेदेखि शुरु हुने भए पनि त्यसअघि आजदेखि तीन दिनसम्म जिल्ला जिल्लामा पुुगेका केन्द्रीय नेताहरुले छलफल र अन्तरक्रिया गर्ने कांग्रेसले जनाएको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले समुदायस्तरमा प्रत्यक्ष साक्षात्कार भइ पालिकाबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन तथा आमनागरिकका गुनासा र सुझावलाई वडास्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने गरी अभियान सञ्चालन गरिने बताउनुभयो ।

अभियान मूलतः वडा केन्द्रित रहने तथा नागरिकका कुरा सुन्ने भएकाले औपचारिक आसनग्रहण र मन्तव्यलगायतका कार्यक्रम समावेश नगरिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । माघ १६ गते शहीद दिवसका दिन विशेष कार्यक्रमसहित अभियानको पहिलो चरण शुुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?