जीर्ण सडकका कारण पर्वतका किसानलाई सुन्तला बजार लैजान समस्या

पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा गाउँसम्म पुग्ने सडकको अवस्था गतिलो नहुँदा किसानलाई सुन्तला ढुवानी गर्न समस्या भएको छ । एउटै गाउँमा धेरै सुन्तला उत्पादन भए पनि सडक राम्रो नहुँदा बजारमा पुर्‍याउन सकिएको छैन । बाँसखर्क जोड्ने वारीबेनी–बगर–बाँसखर्क सडक स्तरोन्नति हुन नसक्दा गाउँसम्म गाडी पुग्न समस्या भएको छ ।

ठूला गाडी सुन्तला बगानसम्म पुग्न नसक्दा व्यवसायीलाई सुन्तला ढुवानी गर्न समस्या भएको स्थानीय जगतबहादुर खत्रीले बताउनुभयो । अहिले बाँसखर्कसम्म पुग्न वारीबेनी र मिलनचोकबाट कच्ची सडकको सुविधा छ । तर जीर्ण सडकका कारण ठूला ट्रक र टिपर गाउँसम्म पुग्न सक्दैनन् । ठूला ट्रक तथा कन्टेनरबाट एकैपटक ढुवानी गर्न पाए सुन्तला बिक्री गरेर किसानले राम्रो आम्दानी गर्न सक्ने स्थानीय खत्रीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?