गीतकार तथा गायक बसन्त थापा, मोडल अञ्जली अधिकारी र गायिका शर्मिला अर्याल युएईमा

नेपाली लोक तथा कलाशिकल गीतका संगीतकार÷गायक बसन्त थापा र चर्चित मोडल अञ्जली अधिकारी एक कार्यक्रमका लागि युएई आईपुगेका छन । गरिव तथा असाहयको सहयोगार्थ आयोजित कार्यक्रममा आफ्नो प्रस्तुतीका लागि उनिहरु युएई आएका हुन । थापा र अधिकारीका साथ लोक तथा दोहोरी गायिका शर्मिला अर्याल पनि युएई आएको आयोजक नवलपरासी सेवा समाज युएईका उपाध्यक्ष तथा कार्यक्रमका सहसंयोजक अतित भुषालले बताए ।

संगीतकार तथा गायक बसन्त थापाले नेपालको माँयाका कारण युएईवासी नेपालीहरुले आफ्नो प्रस्तुतीको प्रतिक्षा गरेको खवरले हर्षित भएको प्रतिक्रिया दिए । मोडल अञ्जली अधिकारीले ब्यस्त, विकसित अनि सभ्य सहरमा नेपाली दाजुभाई तथा दिदिबहिनीहरु संगको रमाईलो ऐतिहाँसिक हुने बताईन । गायिका शर्मिला अर्यालले साँगितिक जिवनको पहिलो विदेश यात्रा सुखद अवसर भएको बताउँदै प्रस्तुतीको ब्यग्र प्रतिक्षामा रहेको बताईन ।


भोली अर्थात आईतवार बर दुवैमा हुने कार्यक्रमको सबै तयारी समेत पुरा भएको बरिष्ठ उपाध्यक्ष सिता बरालले बताईन ।
नेपालबाट आउने कलाकारका साथ नेपाल लोक तथा दोहोरी गित प्रतिस्ठान युएईका अध्यक्ष नरेन सापकोटा, कलाकारहरु हरि डुम्रे, अर्जुन न्यौपाने, कमल कार्की, गोपाल भट्टराई, डान्सर बिन्दु पाण्डे सहित ¥यापर शिसिर सापकोटाको प्रस्तुती रहनेछ ।
सन २०१६ मा स्थापना भएको नवलपरासी सेवा समाज युएईले पहिलो पटक बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।

समाजका कोषाध्यक्ष भिम भट्टराईले कार्यक्रम साँस्कृतिक भएपनी एक एक दिराम बचाएर गरिव तथा असाहयका लागि सहयोग गर्ने बताए । रकम संकलन गर्नका लागि कुनै न कुनै बाहाना चाहियो, यो सांस्कृतिक कार्यक्रम एक किसिमको बाहाना हो कोषाध्यक्ष भट्टराईले भने हामिले अहिलेसम्म पनि सहयोग गरिरहेका छौँ त्यसैको निरन्तरताका लागि कार्यक्रम आयोजना गरियो ।
कार्यक्रम बर दुवै स्थित याक एण्ड यती एभरेष्ट क्लवमा हुनेछ ।
नारायण न्यौपाने । माघ १३ । युएई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?