बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र बंगलादेशका नव नियुक्त विदेशमन्त्री हसन महमुदबीच आइतबार भेटवार्ता भएको छ ।
ढाकास्थित नेपाली दूतावासका अनुसार सो अवसरमा उनीहरुले दुई मुलुकको सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल गरेका थिए ।
उनीहरुबीच उर्जा, व्यापार, शिक्षा, पर्यटन र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको दूतावासले जनाएको छ ।