६ पटकको विजेता पुलिसलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

 चर्च ब्वाइज युनाइटेड २३ औँ आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।

पोखरा रङ्गशालामा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा चर्च ब्वाइजले ६ पटकको विजेता नेपाल पुलिस क्लबलाई १–० ले हरायो । चर्च ब्वाइजका समिर तामाङले गोल गरे । पुलिस विसं २०५८, २०५९, २०६४, २०६५, २०६६ र २०७४ मा विजेता बनेको थियो ।

अब चर्च ब्वाइजले दोस्रो सेमिफाइनलमा माघ १८ गते त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा भोलि थ्री स्टार र जावलाखेलबीच खेल हुनेछ ।

प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?