बङ्गलादेश र म्यानमारबीचको तनाव फेरि बढेको छ । हिजो म्यानमारको भूमिबाट भएको मोर्टार प्रहारबाट दुई जना बङ्गलादेशी नागरिकको ज्यान गएपछि तनाव बढेको हो । घटनापछि बङ्गलादेशको विदेश मन्त्रालयले म्यानमारका राजदूतलाई बोलाएर जवाफ मागेको छ ।
बङ्गलादेशले अब ज्यादती सहन नसक्ने चेतावनी दिएको छ । म्यानमारको सेना र त्यहाँका विद्रोही समूहबीच बढ्दो द्वन्द्वका कारण बङ्गलादेशका केही सीमावर्ती गाउँमा त्रासको वातावरण सिर्जना भएको छ ।
सन् २०२१ मा म्यानमारमा सेनाले सत्ता कब्जा गरेपछि आन्तरिक द्वन्द्व बढिरहेको छ । म्यानमारका अराकान विद्रोहीहरूले बङ्गलादेशको सीमावर्ती क्षेत्रका धेरै स्थानहरू कब्जा गरेपछि सेनाले गरेको कारबाहीका क्रममा बङ्गलादेशतर्फ क्षति भइरहेको छ ।
सहायता एजेन्सी डक्टर्स विदाउट बोर्डले अस्ति आइतवार पनि सीमा क्षेत्रमा हिंसात्मक झडप भएको र घाइते भएका १७ जनाको उपचार गरेको जनाएको छ ।