सुनकाे भाउ आज आठ सय रुपैयाँले बढ्याे

सुनचाँदीको भाउ आज बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ८ सय र चाँदी २० रुपैयाँले बढेको छ ।

सुनको भाउ आज तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको छ । यस्तै, चाँदी आज तोलाको १ हजार ४ सय २५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?