निस्दीमा एकिकृत घुम्ती शिविर सुरु

पाल्पाको निस्दी गाउँपालिकाले आज सोमबारबाट एकिकृत घुम्ती शिविर संचालन गरेको छ । पालिकाका सबै वडामा संचालन हुने शिविर वडा न ७ ज्यामिरेबाट सुरु भएको गाउँपालिकाका प्रशासकीय अधिकृत तथा सुचना अधिकारी अर्जुन खनालले जानकारी दिए । शिविर २८ गते सम्म संचालन हुनेछ ।

शिविरमा प्रमुख प्रशासकीय अधिकृत धु्रव दयाल सहितका कर्मचारी, गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु, तीरन कुमारी श्रेष्ठ र वडा अध्यक्ष सहितका जनप्रतिनिधी र स्वास्थ्य क्षेत्रका बिषेशज्ञको सहितको सहभागीता रहेको थियो ।

शिविरमा योजना सम्झौता, ब्यवसाय दर्ता तथा नविकरण, आँखा जाँच तथा स्वास्थ्य परिक्षण र औषधी वितरण, अपाङग परिचयपत्र, जेष्ठ नागरिक परिचय पत्र वितरण, पञ्किरण सम्बन्धी सेवाहरु, पशु स्वास्थ्य सम्बन्धि औषधी वितरण, कृषि सम्बन्धी रोग किराबारे परामर्श सेवा उपलब्ध गराईएको थियो ।

आजको शिविरबाट सयौँ नागरिक लाभान्वित भएका छन । मंगलवार वडा नं ५ गल्धामा सेवा संचालन हुने बताईएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?