फागुन पहिलो हप्ता पोखरामा ‘नेपाल साहित्य महोत्सव’

एघारौँ संस्करणको नेपाल साहित्य महोत्सव आउँदो फागुन ३ देखि ७ गतेसम्म पोखरामा हुने भएको छ ।

बुकवर्म फाउन्डेसनको आयोजना, पोखरा महानगरपालिकाको प्रवर्द्धन र सूर्य नेपाल गाथाको सहयोगमा महोत्सव हुन लागेको हो ।

महोत्सवमा देशविदेशका दुई सयभन्दा धेरै साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादकलगायत विशिष्ट व्यक्ति सहभागी हुने आयोजकले जनाएको छ ।

महोत्सवमा ५५ भन्दा बढी छलफल सत्र, साङ्गीतिक साँझलगायत विविध प्रस्तुति राखिएको आयोजक संस्थाका सदस्य केशवशरण लामिछानेले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?