निकै महत्त्वपूर्ण मानिएकाे हेटौँडा सबस्टेशनको काम अन्तिम चरणमा

देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि निकै महत्त्वपूर्ण मानिएको हेटौँडा सबस्टेशनकाे काम अन्तिम चरणमा पुगेको छ । एक महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालन (चार्ज) गर्ने लक्ष्यका साथ सबस्टेशनका उपकरण जडान, परीक्षणलगायतका अन्तिम चरणका कामहरू भइरहेका छन् ।

सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहका साथै स्थानीय रूपमा आपूर्ति समेत गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । निर्माण अनुगमनमा पुग्नुभएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले सबस्टेशनको काम सन्तोषजनक देखिएको बताउनुभयो ।

नेपाल सरकार र प्राधिकरणको लगानीमा हेटौँडा–ढल्केबर–इनरुवा ४ सय केभी सबस्टेशन विस्तार आयोजनाअन्तर्गत हेटौँडा सबस्टेशनमा ३ सय १५ एमभीए क्षमताका तीन थान पावर ट्रान्सफर्मर छन् । धनुषाको ढल्केबरबाट र अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बाट प्राप्त हुने अनुदानबाट नुवाकोटको रातमाटेबाट निर्माण हुने ४ सय केभीको डबल सर्किट प्रसारण लाइन हेटौँडा सबस्टेशनमा ल्याएर जोडिने छ । यसका लागि हेटौँडा सबस्टेशनमा पूर्वाधार निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?