एसीसी महिला प्रिमियर कप क्रिकेटको क्वाटरफाइनलमा नेपालले आज कुवेतसँग खेल्दै

एसीसी महिला प्रिमियर कप क्रिकेटको क्वाटरफाइनलमा नेपालले आज कुवेतसँग खेल्दैछ । खेल मलेसियाको क्वालालम्पुरमा बिहान सवा ११ बजे शुरु हुनेछ । नेपाल समूह डी को विजेता हो भने कुवेत समूह ए को उपविजेता टोली हो ।

नेपालले समूह चरणमा भुटान र हङकङलाई समान ८ विकेटले र माल्दिभ्सलाई २ सय १४ रनको फराकिलो अन्तरले हराएको थियो । १६ देश सहभागी महिला प्रिमियर कपमा नेपालसहित कुवेत, थाइल्याण्ड, युएई, जापान, मलेसिया, इन्डोनेसिया र हङकङ क्वाटरफाइनलमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?