नेपाली एनिमेटेड फिल्म ‘सलिना’ चैत १६ देखि प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले हालै यो फिल्मको प्रदर्शन मिति तय गरेको हो ।
रेनमेकर एनिमेसन एकेडेमीद्वारा निर्मित ‘सलिना’लाई नेपालको पहिलो एनिमेटेड फिल्मको रुपमा निर्माण टिम दाबी गर्छन् । यो फिल्ममा नेपाली प्राविधिक र नेपाली भाषामा निर्माण गरिएको निर्देशक तेजसराज जोशी बताँछन् ।
फिल्ममा सुरुआतमा मल्टिप्लेक्स त्यसपछि सिंगल थिएटरमा प्रदर्शन गर्ने तयारी छ । यसअघि निर्माण टिमले फिल्मको टिजर सार्वजनिक गरेको थियो । दोस्रो टिजर पनि सार्वजनिक गर्ने तयारी रहेको निर्देशक जोशी बताउँछन् । निर्देशक जोशी र श्रुति श्रेष्ठले निर्माण गरेको फिल्मलाई शिव पुरी र श्रुति श्रेष्ठले सम्पादन गरेका हुन् । फिल्ममा राजकुमारी सलिनाले ठूलो दुष्मनको सामना कसरी गर्छिन् भन्ने कथा समावेश छ ।
फिल्ममा पात्रहरुका लागि बेनिशा खतिवडा, अदिती ज्ञवाली, एज्मे कुइँकेल, झरना राई, तेजसराज जोशी, सुशील नेपाल, देव न्यौपाने, शिव पुरी, युबिन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगिन महर्जन, अविनाश सिंह थारु, शिरभा मानन्धर, बिराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकारले आवाज दिएका छन् ।
श्री ब्यांकटेश इन्टरटेन्डमेन्ट प्रालीको तर्फबाट मनोज राठी र उज्वल पौडेलले फिल्मलाई वितरण गर्दैछन् ।