सङ्खुवासभाको शारदा माविका तत्कालीन प्रधानाध्यापकसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सङ्खुवासभाको धर्मदेवी नगरपालिका वडा नम्बर ४ हुम्लिङ्गमा रहेको शारदा माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्णहरि भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालकुमार अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

उनीहरूले विद्यालयमा खानेपानी आपूर्ति र पुस्तकालय व्यवस्थापनका लागि विनियोजित रकममबाट कुनै पनि कामको शुरुवात नै नगरि बिल भर्पाई मिलाई रकम अनियमितता गरेका अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

अख्तियारले प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्षसहित विद्यालयका तत्कालीन शिक्षक लालबाबु मण्डल र शाक्य अफसेट प्रेस चैनपुरका प्रोप्राइटर केशवकुमार शाक्यविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले प्रधानाध्यापक भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिकारीसँग चार लाख ६० हजार चार सय ५५ रुपैयाँ, शिक्षक मण्डलसँग तीन लाख ४३ तथा प्रोप्राइटर शाक्यसँग चार लाख १० हजार चार सय ५५ रुपैयाँ बिगो मागदाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?