गुल्मीको कालीगण्डकी गाउँपालिकाका १ हर्मिचौरका युवाहरुले बृक्षारोपण गरेका छन । निर्माणाधिन कालीगण्डकी कोरीडोर, गाउँ गाउँ जाने कच्चि बाटोका कारण पहिरोले उजाड भएको जमिनमा हर्मिचौरका युवाहरुले बृक्षारोपण गरेका हुन । केहि महिना अघि युवाहरुको समुहले आयोजना गरेको कार्यक्रमबाट बचत भएको २ लाख १२ हजार रकमले उनिहरुले बृक्षारोपण गर्ने योजना बनाएका थिए । सो रकम हर्मिचौर समाज काठमाण्डौको ५० हजार सहित, हर्मिचौर स्थायी घर भई हाल देश तथा विदेशमा बस्नेहरुले चन्दा स्वरुप सहयोग गरेका हुन । युवाहरुको असल कर्ममा कालीगण्डकी गाउँपालिका गुल्मीले हर्मिचौर रेप्का जिरो बृक्षारोपण योजना अन्तर्गत २ लाख रुपैँया दिएको छ ।
कालीगण्डकी गाउँपालिका १ हर्मिचौर जिरो देखी रेप्का सम्मको ११ सय मिटरको दुरिमा सडक दायाँबाँया बृक्षारोपण गरिने स्थानीय युवा राजन पाण्डेले बताए । उनले फुल प्रजातीको अशोका ३०० वटा, कल्की १०० र धुपी ५० गरि ४ सय ५० वटा बिरुवा लगाईएको जानकारी दिए ।
स्थानीय रमेश पाण्डेले बृक्षारोपण पछि संरक्षणका लागि पनि आफँुहरु सक्रियताका साथ लाग्ने बताए । बृक्षारोपण मात्रैले पर्यावरण नहुने भन्दै संरक्षण जरुरी भएको र यसका लागि सबै लाग्नुपर्ने बताए ।
बृक्षारोपणको सुरुवात गर्दै कालीगण्डकी गाउँपालिका अध्यक्ष बेद बहादुर थापाले हर्मिचौरका युवाहरुको सक्रियताको प्रशंसा गर्दै बृक्षारेपणले जलवायु परिवर्तनका लागि उल्ल्ेख्य कदम भएको बताए । उनले गाउँपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रमका पनि बृक्षारोपणलाई प्राथमिकता दिएको बताए ।
बुढा पाकाले लगाएका बर, पिपल र स्वामी बाटो बनाउने नाममा सखाप भएका छन । गाउँमा कृषि उपज बोकेर घर सम्म लैजाँदा बिसाउने चौतारी छैन न एकैछिन छहारीमा बस्ने कतौ ठाउँ छ । युवाहरुको पलायनले बस्ती रिक्तिदै छ । यस्तो परिस्थितीमा हर्मिचौरका युवाहरुले गरेको यो कार्य सराहनीय र अनुकरणिय छ ।
नारायण न्यौपाने