बजेटको मूल मान्यतामै त्रुटि देखिएकाले बजेट पुनर्लेखन गर्नुपर्छ : कांग्रेस

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बजेटको मूल मान्यतामै त्रुटि देखिएको भन्दै पुनर्लेखन गर्नुपर्ने जनाएको छ । संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेटको मूल मान्यतामै त्रुटि रहेको बताउनुभएको हो ।

मन्त्रीले बजेटको अधिकांश हिस्सा आफ्नो क्षेत्रमा लैजाँदा शक्तिको दूरुपयोग भएको उहाँको भनाइ छ । बजेटका विषयमा प्रतिपक्षभन्दा पनि सत्तापक्षकै सांसदले विरोध गरिरहेको भन्दै उहाँले प्रधानमन्त्रीले बजेटको पुनर्लेखन गराउनुपर्ने बताउनुभयो ।

केही मन्त्रीले आफ्नो क्षेत्रमा धेरै योजना र बजेट लगेको भन्दै सत्तापक्षकै सांसदले आलोचना गरिरहेका छन् । सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि बजेट एकपक्षीय भएको बताउनुभएको थियो ।

आज पनि संसद्मा मन्त्रालयगत बजेटमाथि छलफल चल्दा धेरैजसो सांसदले विरोध जनाएका छन् । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले बजेट निर्माण गर्ने क्रममा सांसदको कुरै नसुनेको भन्दै बजेट एउटा पार्टी केन्द्रित रहेको आरोप लगाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?