आज रक्षा बन्धन तथा जनै पूर्णिमा पर्व देशभर हर्साउल्लासका साथ मनाइयो

जयराम सापकोटा

पाल्पा

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन डोरो बाँधेर हर्साउल्लासका सााथ मनाइएको छ ।  हिन्दुहरुको महानचाड मध्ये ऋषि तर्पर्णी तथा यज्ञोपवित रक्षावन्धनको पुजाआजा गर्ने कार्यक्रम पाल्पाका विभिन्न स्थानमा पनि भव्यरुपमा सम्पन्न  भएको छ ।

यसवर्ष श्रावणी भद्रा तिथि परेकोले देशका राज्यका उत्तरधिकारी तथा उच्चपदस्त व्यक्तिका लागी दिउँसो १:३१ वजे सम्म रक्षावन्धनको लागि अशुभ हुनसक्ने भनी नेपाल पञ्चाङ्ग निर्णायक समितिले विज्ञप्ति प्रकाशन गरे पछि सर्वसाधारणमा अन्योलता छाएको थियो तथापी ब्राह्मण समाज नेपाल, वैदिक धर्म परिषद तथा ज्योतिष परिषद नेपाल लगायतका विभिन्न धार्मिक संघ संस्थाले मर्त्यमन्डलमा भएका भद्राले धनागमन प्रदान गर्ने सात्रिय मान्यता भएकोले सर्व साधारणहरुका लागि भद्राको नराम्रो प्रभाव नरहने भन्दै सवैलाई गतवर्षहरुमा जस्तै विहानै देखि जनै मन्त्रने र रक्षा वन्धन गर्नहुने स्षस्ट पारे पछि पाल्पाका विभिन्न मठमन्दिर हरुमा पनि चहल पहल वढेको विश्वहिन्दु महासंघका अध्यक्ष कमल पौडेलले जानकारी दिनु भयो । यसैकर्ममा गतवर्ष जस्तै तानसेन २ स्थित अमरनारायण मन्दिरमा मात्रै करिव ५० हजार भन्दा वढि यज्ञोपवित जनैको विधिपुर्वक पुजा गरि रक्षावन्धन समेत गरिएको ब्राह्मण समाज नेपाल पाल्पा शाखाका अध्यक्ष धर्मचन्द्र नेपाले जानकारी दिनु भयो ।

यस्तै गरि यज्ञोपवित जनै तथा रक्षावन्धनको पुजाआजा हुने स्थान मध्ये तानसेन १ भुसलडाँडा दुर्गा भवानी मन्दिर, वडा न.७ प्रभासस्थित मणिमुकुन्देश्वर शिवालय धाम, तथा वंश गोपाल मन्दिर एवं कैलाश नगर स्थित देउराली शिवालय मन्दिरहरुमा पनि गत वर्ष भन्दा अझै चहल पहलका साथ रक्षा वन्धन तथा जनै मन्त्रने कार्यक्रम सम्पन्न भएको कैलास नगरस्थित देउराली शिव मन्दिरका अध्यक्ष डुकुलराज ढकालले जानकारी दिनु भयो ।

आज श्रावणी भद्रा परेता पनि यज्ञोपवित धारण गर्ने क्रममा शंका नरहेको र रक्षावन्दन गर्ने वारे सवैमा एकमत नभएकोले मठ मन्दिर मै पुग्नेले विहान ७ वजे भित्रै र घरघरमा रक्षावन्धन गर्ने हरुले दिउँसो १:३० वजे पछि पनि गतवर्ष जस्तै चहल पहलका साथ जनैपुर्णिमा पर्व मनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?