गुल्मेली चेलिवेटी समूह पाल्पाको दर खाने तथा शुभ कामना आदानप्रदान  कार्यक्रम सम्पन्न

जयराम सापकोटा

पाल्पा

गुल्मेली चेलिवेटी समूह पाल्पाको दर खाने तथा शुभ कामना आदानप्रदान गर्ने कार्यक्रम शनिबार पाल्पामा सम्पन्न भएको छ । गुल्मी जन्मथलो भई भिविन्न कामको सिलसिलामा पाल्पा लाई कर्मथलो वनाएर वसेका चेलीवेटीहरुले बर्षको एक पटक आफू-आफुहरु जुटेर दरखाने कार्यक्रम राख्न थालेका हुन ।

विगत ३ वर्षअघि देखि गुल्मेली चेलिवेटी समूह गठन गरेको र हरेक वर्षको एक पटक गुल्मेली चेलिवेटी भेटघाट गरि नाचगान तथा परिचयात्मक कार्यक्रम राख्दै आएको यस समुहले यो वर्ष पनि तानसेन टुडिखेल स्थित होटल ताजमा दरखाने कार्यक्रमको आयोजना गरेको थियो । गुल्मेली चेलिवेटी समूह पाल्पाकी अध्यक्ष रमा पन्थीको अध्यक्षतामा चलेको कार्यक्रममा करिव एक सय जना भन्दा वढि गुल्मेलि चेलीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?