सलमान खानको फिल्म ‘किसीका भाइ किसीका जान’को टिजर सार्वजनिक

 भारतीय अभिनेता सलमान खान अभिनित फिल्म ‘किसीका भाइ किसीका जान’को टिजर सार्वजनिक भएको छ ।

सोमबार उनले फिल्मको नाम परिर्वतन भएको जानकारी गराउदै टिजर सार्वजनिक गरेका हुन् । केही समयअगाडि उक्त फिल्मलाई ‘कभी इद कभी दिवाली’ नाम दिइएको थियो । तर, सलमानले टिजर सार्वजनिक गर्दै फिल्मको नयाँ नाम सार्वजनिक गरेका हुन्।

टिजर सार्वजनिक भएपछि सबैभन्दा बढी चर्चा सलमान खानको लुकको भइरहेको छ । यस टिजर भिडियोमा सलमान खान लामो कपालमा देखिएका छन् । जुन सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले सलमानको लुकलाई प्रतिक्रिया दिइरहेका छन् ।

फरहाद साम्जीले निर्देशन गर्ने फिल्मलाई सलमान खान र साजिद नाडियाडवालाले निर्माण गरेका छन् । फिल्ममा सलमानका साथै पूजा हेग्डे, वेंगातेश दग्गुबती र जगपति बाबुको मुख्य भूमिका रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?