नवलपरासी सेवा समाज युएईले तिजमिलन कार्यक्रम सम्पन्न गरेको छ । नवलपरासी सेवा समाज युएईका वरिष्ठ उपाध्यक्ष सीता बरालको अध्यक्षतामा बरदुबईमा हिन्दुहरुको महानपर्व हरितालिका तिजको अवसरमा तिजमिलन कार्यक्रम सम्पन्न भएको हो । बैदेशिक रोजगारीको शिलशिलामा बिदेसी भुमिमा भए पनि आफ्नो चाडपर्व रितिरिवाज लाई संरक्षण गर्ने उद्देश्य सहित कार्यक्रमको आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि तथा नवलपरासी सेवा समाज युएई अध्यक्ष डुम्रेले बताउनुभयो ।
साथै सोही अवसरमा पश्चिम् नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ स्थित सरस्वती आधारभुत बिधालयमा रु ५१ हजार रुपैया बराबरको अक्षयकोष स्थापना गरेको अध्यक्ष डुम्रेले जानकारी दिनुभयो । नवलपरासी घर भई वैदेशिक रोजागारिको शिलशिलामा युएईमा रहनुभएका दिदिबहिनी दाजुभाई हरुको वाक्लो उपस्थीति रहेको नवलपरासी सेवा समाज युएईका महासचिव ठग प्रसाद डुम्रेले जानकारी दिनुभयो । त्यस्तै नवलपरासी सेवा समाज युएईका उपाध्यक्ष अतित भुसालले तिजमिलन कार्यक्रमलाई सफल बनाउन साथ र सहयोग गर्नु हुने सम्पुर्णलाई धन्यवाद व्याक्त गर्नुभयो ।
तिजमिलन कार्यक्रममा विविध संस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत भएको समाजका प्रचार प्रसार विभाग प्रमुख मिनोजराज पण्डेले जानकारी दिनुभयो । सास्कृतिक बिभाग प्रमुख पार्वती पङगेनि र महिला उपाध्यक्ष कोपिला सापकोटाको स्वागत गित रहेको कार्यक्रममा बिशिस्ट अतिथी हिमालयन ज्वलर्सका प्रोप्राइटर गोपिचन्द्र भुसाल , संरक्षक र सल्लाहकारहरुको समेत उपस्थित रहेको थियो ।नवलपरासी सेवा समाज युएईले दिर्घरोगी, अशक्त र अति विपन्नहरुलाई सहयोग गर्दै आएको छ ।